रास्ट्रपति भन्डारीले अध्यन गरेको स्कुलमा हेटौंडा ४ को अध्यन टोलिले गर्यो शैक्षिक अन्तरक्रिया

पालिका डायरी
८ फाल्गुन २०७९

हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ काे अध्ययन भ्रमण टाेलीले भाेजपुर नगरपालिकाकाे विध्याेदय माविमा शैक्षिक अन्तरक्रिया गरेकाे छ ।

वर्तमान राष्ट्रपती विध्यादेवी भण्डारी अध्ययन गरेकी विध्याेदय मावि जिल्ला कै अग्रिणी र नमुना विध्यालय हाे । टाेलीले विध्यालयकाे ईतिहास, शैक्षिक उपलब्धि, ल्याव, बाल कक्षा, पुस्तकालय, खेलकुद, सिकाई तथा परीक्षा प्रक्रियाबारे अन्तरक्रिया र अवलाेकन गरिएकाे थियाे ।

कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले व्यवस्था परिवर्तनपछि शिक्षा, स्वास्थ्य, आ र्थिक, सामाजिक, राेजगार, वातावरणलगायतका क्षेत्रमा अबस्था परिवर्तन गर्ने अभियानमा लाग्नुपर्ने बताउदै भाैतिक विकाससंगै शिक्षाको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । अन्तरक्रियामा हेटाैँडा ४ नं वडा भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विध्यालय, टाेल विकास संस्था, महिला जागरण समूह, युवा क्लब, सहकारी, सामाजिक संस्थाका प्रतिनिधिसहित भ्रमण टाेलीका ३१ जनाकाे सहभागिता रहेको छ ।


त्यस्तै, विध्याेदय माविका प्रअ शिवनारायण ठाकुर, पूर्व प्रअ परशुराम तिवारी, शिक्षकहरू खाेमराज धमला, यशाेधारा माविका प्रअ ध्रुवराज रेग्मीलगायतकाे उपस्थिति रहेकाे श्रमिक माविका प्रअ श्रीराम दाहालले बताए। अन्तरक्रिया शैक्षिक रूपमा उपलब्धिमूलक रहेकाे आधुनिक माविका व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर विकले बताए ।

प्रतिक्रिया
received_926763625181816