बढ्यो सुन, कति छ आजको मूल्य ?

पालिका डायरी
१६ माघ २०७९
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला एक लाख ६ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेर प्रतितोला एक लाख ६ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य