भीमफेदी दुर्घटनाका: क्षतिपूर्तिसहितको माग राख्दै आफन्तले बुझेनन् शव
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १३ जनाको शव अझै हेटौंडा अस्पतालमै रहेका छन्।
मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्। मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्।
माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको शव गाउँसम्म पठाउन आवश्यक आन्तरिक तयारी गरे पनि आफन्तहरू शव बुझ्न तयार भएका छैनन्।
प्रतिक्रिया

