तिहारपछि साढे १२ हजार घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

पालिका डायरी
२७ कार्तिक २०८३, १२:२०
आज सुनचाँदीकै मूल्यमा पहिरो

तिहार बिदापछि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकिएको हो।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तिहारपछि चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको ३ हजार ७ सय रुपैयाँमा झरेको हो।

सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया