बिट्क्वाइनको भाउ २३ हजार डलर नाध्यो, १ महिनामा ४०% भन्दा बढीले वृद्धि

पालिका डायरी
१२ माघ २०७९
बिट्क्वाइनको भाउ २३ हजार डलर नाध्यो, १ महिनामा ४०% भन्दा बढीले वृद्धि
क्रिप्टो करेन्सी बिट्क्वाइनको भाउ करिब १ महिनामा ४०% भन्दा धेरैले बढेको छ । जनावरी १ मा प्रतिक्वाइन १६ हजार ६०० डलर रहेको यसको मूल्य  जनावरी २६ सम्म आइपुग्दा २३ हजार १५० डलर वरपर कारोबार भइरहेको छ । मूल्य वृद्धि भएसँगै यसको बजार पुँजीकरण पनि ४ खर्ब ४१ अर्ब डलर नाघेको छ ।
पछिल्ला दिनहरुमा विश्व बजारमा बिट्क्वाइ, इथोरिएम लगायतका क्रिप्टो करेन्सीहरुको मूल्यमा तीव्र वृद्धि देखिएको छ । इथोरियमको भाउ पनि जनावरी १ यता ४०% भन्दा धेरैले बढेको छ । सन् २०२१ को नोभेम्बरमा ६९ हजार डलरसम्म पुगेको बिट्क्वाइ त्यसयता भने ७६% ले घटेको थियो ।
प्रतिक्रिया