रुसको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गयो

पालिका डायरी
९ पुष २०७९
रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गयो

रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राति भएको आगलागीबाट दुई तले काठको भवनको पूरै तल्ला जलेर नष्ट भएको छ । दर्जनौं दमकलको सहयोगमा बिहान मात्र आगो निभाइएको थियो । रुसी सञ्चारमाध्यम टासका अनुसार पानी तताउने भाडो धेरै तातो भएपछि आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो वृद्धाश्रम एउटा निजी घरमा अवैध रूपमा सञ्चालन भइरहेको अधिकारीहरुले बताएका छन् । रुसमा धेरै घरहरूमा अवैध रुपमा वृद्धाश्रमहरु सञ्चालनमा रहेका बीबीसीले जनाएको छ । अब यस्ता भवन सबै निरीक्षण गरिने साइबेरियन सहरका गभर्नरले बताएका छन् ।

यसअघि सन् २०१८ मा केमेरोभोको एक मनोरञ्जन केन्द्रमा आगलागी हुँदा ३७ जना बालबालिकासहित ६० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
fire_russia_ZYrGclHQja