देउवाले शेखरलाई फोन गरेर भने – ‘तपाईँ चितवन आइदिनु पर्यो’, शेखरको जवाफ – ‘भ्याउँदिन’

पालिका डायरी
२२ बैशाख २०७९, १२:४७
file photo

चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर शेखर कोइरालालाई टेलिफोन गरि कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।

सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका सभापतिसमेत रहेका देउवाले शेखर कोइरालालाई बिहीबार बिहान टेलिफोन गरेका हुन् ।

स्रोतका अनुसार कोइरालाले जवाफमा आउन नभ्याउने बताएका छन् । उनले ढिलो खबर आएकोले आउन नभ्याउने बताएको हुन् ।

उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रम विराटनगर रहेकाले चितवन आउन नभ्याउने बताएको स्रोतको भनाइ छ ।

उता कोइरालाको सचिवालयले पनि देउवाले फोन गरेर बोलाएको पुष्टि गरेको छ । जवाफमा कोइराला व्यस्त भएका कारणले जान नसक्ने भनरे भनेको  उनकाे सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेसले चुनावी अभियानलाई केन्द्रीत गरेर देशका प्रमुख १० शहरमा कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आज चितवनमा कार्यक्रम छ ।

जसमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया