‘चिसो एस्ट्रे’को विशेष प्रदर्शन, सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित

पालिका डायरी
१ चैत्र २०७८, ११:५६
‘चिसो एस्ट्रे’को विशेष प्रदर्शन, सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित

फिल्म ‘चिसो एस्ट्रे’लाई कुमारी हलमा सोमबार बेलुका विशेष प्रदर्शन गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित विशेष प्रदर्शनमा फिल्मका कलाकार र शैक्षिक परामर्श व्यवसायी सहभागी थिए ।

च्यारिटी शोसमेत गरिएको ‘चिसो एस्ट्रे’को विशेष प्रदर्शनबाट संकलित रकम कोरोना महामारी प्रभावित व्यक्ति र परिवारलाई प्रदान गरिने भएको छ ।

फिल्मका कलाकारहरु सृष्टि श्रेष्ठ, दिव्यदेव, निकुन श्रेष्ठ, नवीन लम्साललगायत कार्यक्रममा उपस्थित थिए । निर्देशक दिन्स पाल्पालीले प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए । ‘राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने, ‘अब हलमा रिलिज भएपछि दर्शकहरुले दिने फिडब्याकको प्रतीक्षामा छौं ।’

फिल्म ‘चिसो एस्ट्रे’लाई कुमारी हलमा सोमबार बेलुका विशेष प्रदर्शन गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)द्वारा आयोजित विशेष प्रदर्शनमा फिल्मका कलाकार र शैक्षिक परामर्श व्यवसायी सहभागी थिए ।  च्यारिटी शोसमेत गरिएको ‘चिसो एस्ट्रे’को विशेष प्रदर्शनबाट संकलित रकम कोरोना महामारी प्रभावित व्यक्ति र परिवारलाई प्रदान गरिने भएको छ ।     फिल्मका कलाकारहरु सृष्टि श्रेष्ठ, दिव्यदेव, निकुन श्रेष्ठ, नवीन लम्साललगायत कार्यक्रममा उपस्थित थिए । निर्देशक दिन्स पाल्पालीले प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको बताए । ‘राम्रो प्रतिक्रिया मिलेको छ,’ उनले भने, ‘अब हलमा रिलिज भएपछि दर्शकहरुले दिने फिडब्याकको प्रतीक्षामा छौं ।’

प्रतिक्रिया