पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्छाैँ : गगन थापा

पालिका डायरी
१९ पुष २०७८, १९:३३
पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्छाैँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाकाे अन्त्य गर्ने बताउनुभएको छ । आज साेमवार नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीकाे दुर्गाफाँटमा गरेकाे आमसभालाई सम्बाेधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताउनुभएकाे हाे ।

उहाँले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेराेजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताउनुभयो । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने उहाँकाे भनाइ छ ।

महामन्त्रीमा निर्वाचित भएपछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र सङ्घको चुनाव मङ्सिरमै हुने भएकाले त्यसकाे तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह गर्नुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसासले केपी ओलीका कारण देश पछाडि धकेलिएको बताउनुभयो । उहाँले नागरिककाे बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पार्टी जस्तोसुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने बताउनुभयो । उहाँले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया