राति ८ बजेपछि देउसी भैलो खेल्ने नपाईने

पालिका डायरी
१७ कार्तिक २०७८, ०८:१२
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौंडा / जिल्ला प्रशासन कार्यलय मकवानपुरले तिहारको समयमा राति ८ बजेपछि देउसी भैलो खेल्ने नपाईने जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलय मकवानपुरले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको देखिएपनि संक्रमणको जोखिम कायमै रहेकोले तिहार तथा छठ पर्वहरुमा जनस्वास्थयका मापदण्डको पालना गरी चाडपर्व मनाउँन आग्रह गरिएको छ ।
चाडपर्वको बहानामा कुनैपनि खालका पटका, भूँइचम्पा तथा आतिशवाजी नगर्न पनि आग्रह गरिएको छ । पटकाजन्य पदार्थको ओसार–पसार, विक्री वितरण तथा प्रयोगमा पूर्णरुपमा बन्देज गरिएकोले त्यस्ता गतिविधि नगर्न नगराउँन निर्देशन गरिएको र गरेको पाइएमा कानून बम्मोजिम कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।

प्रतिक्रिया