बलिउड : अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक मागेको चलचित्र ‘सीता’मा कंगना भित्रिइन्

पालिका डायरी
१ आश्विन २०७८, १२:५२
बलिउड : अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक मागेको चलचित्र ‘सीता’मा कंगना भित्रिइन्

एजेन्सी । अभिनेत्री करिना कपुरले महंगो पारिश्रमिक मागेको चलचित्र ‘सीता’ मा अभिनेत्री कंगना रनोट भित्रिएकी छन् ।

कपुरले १२ करोड पारिश्रमिक मागेको चलचित्र ‘सीता’ ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको जनाइएको छ । निर्माणपक्षले उनलाई चलचित्रको शिर्ष भूमिकाका लागि अफर गर्दा महंगो रकम माग गरेपछि उनको स्थानमा कंगना भित्राइएको छ ।

चलचित्रका निर्देशक अलौकिक देसाइ रहेका छन् । उनले, सामाजिक संजालमा कंगनासँंको तस्वीर पोष्ट गरेका छन् ।

अलौकिकले सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित रहेको बताएका छन् । उनले पवित्र यात्राले पौराणिक कथालाई हेर्ने तरिका नै बदल्ने भनाई राखेका छन् ।

कंगनाले वास्तविक भारतीय महिलाहरुको भावनालाई प्रतिनिधित्व गर्ने निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया