हामी त भौतिक उपस्थितिमा विद्यालय संचालन यसरि पो गर्दैं छौं

पालिका डायरी
१ आश्विन २०७८
हामी त भौतिक उपस्थितिमा विद्यालय संचालन यसरि पो गर्दैं छौं रमेश प्रसाद लामिछाने

कोभिड – १९ महामारीको दोश्रो लहरको प्रकोपको कारणले मिति २०७८ बैशाख १३ गतेबाट नियमित विद्यालय सञ्चालन नगर्नको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौडाले सूचना गरी आदेश गरेकाले चलिरहेको वार्षिक परीक्षा समेत सोही दिनबाट रोकिएका थिए । केहिदिन पर्खेर स्थिति सहज होला र परीक्षा नियमित गर्ने हाम्रो अपेक्षा पूरा हुन पाएन । स्थिति झनै भयावह बनेको सन्दर्भमा यस हेटौंडा नगर मात्र नभै जिल्लाका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को बार्षिक परीक्षाको नतिजा तयार गरी प्रकाशन गर्ने तर्फ लाग्यौं । परीक्षा सम्पन्न भएका विषयहरुमा समस्या थिएन । बाँकीकाको हकमा भने त्रैमासिक तथा अर्ध वार्षिकको नतिजा, होमवर्क, हाजिरी, लगायतलाई आधार मानेर जेठ महिनामै विद्यार्थीलाई नतिजा दिई नयाँ पाठ्यपुस्तक समेत वितरण गरियो ।

साथै यो शैक्षिक सत्र २०७८ असारबाट प्रारम्भ हुने सरकारको निर्णय बमोजिम कोभिड – १९ कै प्रकोपका अवधिमा सम्भव भएसम्म अनलाईन कक्षा गर्दै सञ्चालन गरी शैक्षणिक क्रियाकलापलाई निरन्तरता दिने प्रयत्न गरियो । २०७८ श्रावण ३ गतेबाट विद्यालयमा भौतिक उपस्थिति पूर्ण रुपमा बन्देज गर्न निषेधाज्ञामा जोड दिईएकाले कक्षा नर्सरीदेखि नै अनलाईन कक्षा तथा वैकल्पिक शिक्षण सहजिकरणका अभ्यासहरु सञ्चालन गरियो । यद्यपि प्राथमिक तहमा विद्यार्थी उपस्थिति न्यून रहेको अनुभव गरिएको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरको मिति २०७८।०५।१७ मा प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश नं. १७ मा उल्लेख भएबमोजिम हेटौडामा उमनपा शिक्षा विकास महाशाखाको मिति २०७८।०५।१७ को सूचना अनुसार विद्यालय सञ्चालन कार्यढाँचा पेश गर्न भनिएकाले विद्यमान अवस्थामा तपसील बमोजिम यो कार्यढाँचा अनुशार विद्यालयहरु भौतिक उपस्थितिमै संचालन गर्न सकिने अपेक्षा गरिएको छ ।

तपसील
क) कार्यढाँचाको उद्देश्य-
१) कोभिड – १९ प्रकोपका कारणले प्रभावित भएको शैक्षिक क्षति न्यून गर्दै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरी शैक्षणिक क्रियाकलापलाई सुचारु गर्नु ।
२) अनलाईन कक्षा तथा वैकल्पिक शिक्षण सहजिकरणका अभ्यासहरु सञ्चालन गर्दा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्नमा समस्या रहेकाले उक्त कठिनाईहरू हल गर्नको लागि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नु ।
३) अनलाईन कक्षा तथा वैकल्पिक शैक्षणिक सहजीकरणमा विभिन्न कारणबाट सहभागी हुन नसकेका विद्यार्थीहरूलाई नियमित शैक्षिक क्रियाकलापमा सहभागी गराउनु ।
ख) विद्यालय सञ्चालन पूर्व तयारी-
१) सर्वप्रथम स्वास्थ्य अनिमात्र शिक्षा भएकाले सरोकार वर्गमा जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरूको अनिवार्य पालना बारे जानकारी गराउँदै विद्यार्थीहरूलाई विद्यालय जानका लागि मानसिक रुपमा तयार गरिने छ ।
२) स्थानीय तहका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ र स्वास्थ्य चौकीका पदाधिकारीहरूलाई विद्यालयको अनुगमन गरी आवश्यक पर्ने मास्क,
सेनिटाईजर, थर्मल गन, साबुन लगायत स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन र सम्भावित
विपद्का अवस्थामा आवश्यक सहयोग गर्न सजगताको लागि अनुरोध गरिएको छ ।
३) मिति २०७८।०५।२७ गतेबाट भौतिक उपस्थिति मै विद्यालय सञ्चालन गरिनेछ ।
४) विद्यालय सञ्चालन पूर्व विद्यालयका कक्षाकोठा तथा फर्निचर सबै सेनिटाईज्ड गरी सरसफाई गरिनेछ ।
५) सामान्य ज्वरो, रुघाखोकी लागेका तथा विसञ्चो महशुस भएका तथा कोभिड संक्रमण देखिएका शिक्षक–विद्यार्थीको प्रवेश हुने छैन। यो जानकारी सम्बन्धित शिक्षक तथा विद्यार्थी र अभिभावकलाई गराईन्छ ।
६) १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई अनिवार्य खोप ब्यवस्था गर्न सम्वन्धित निकायमा पहल भै सकेको छ र सहयोगको प्रतिवद्धता आईसकेको छ ।

ग) जनस्वास्थ्य, सुरक्षा र मनोपरामर्श सम्बन्धमा-

१) विद्यार्थी तथा शिक्षकहरू विद्यालयमा प्रवेश गर्दा स्वास्थ्य सावधानीकासाथ तोकिएको नियमहरूको पूर्ण पालना गरी मास्क अनिवार्य गरिने छ । स्कूल गेटमा स्यानीटाईजरको प्रयोग र थर्मल गर्नबाट ज्वरो मापन कार्य हुनेछ ।
२) विद्यालयको प्राथमिक उपचार कक्ष र सो हेर्ने शिक्षक विद्यालय समयमा सजग, सावधान बन्दै बनाउँदै शिक्षक, विद्यार्थी तथा अभिभावकलाई हालको महामारीमा स्वास्थ्य सावधानीका
उपायहरू स्मरण गराउँदै आवश्यक परामर्श दिईने छ ।
३) विद्यार्थीले विद्यालयभित्र र बाहिर तथा कक्षा कोठामा समेत मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।
४) प्रत्येक पिरियड पश्चात् कक्षागत रुपमा पालै पालो साबुन पानीले हात धुने व्यवस्था गरिएको छ ।
५) विद्यालयमा मात्र नभई घरमा, बाटोमा, स्कूल बसमा तथा अन्य क्षेत्रमा समेत स्वास्थ्य सावधानीका सबै मापदण्डहरू पालना गर्ने गराउने काम गरिने छ ।
६) आवश्यकता बमोजिम हेल्प डेस्क निर्माण गरिने छ र कुनै पनि शिक्षक तथा विद्यार्थीमा कोभीडको लक्षण देखिएमा वा स्वास्थ्य समस्या भएमा तत्काल हेल्थपोष्ट वा अस्पताल लैजान सम्बन्धित अभिभावकलाई फोन सम्पर्क गरिने छ ।
७) कोभीड संक्रमित शिक्षक, विद्यार्थी तथा अभिभावक समेतलाई विद्यालयमा प्रवेश नगर्न सूचना गरिएको छ ।

घ) शैक्षणिक योजना-
१) कक्षा सञ्चालन गर्दा कक्षामा थोरै संख्या भएकाको हकमा जोरवार जोर कक्षा र विजोरवार विजोर कक्षा कम्तिमा एक साता सञ्चालन गर्ने । अर्थात आईतवार, मंगलवार र विहिवार कक्षाहरु १,३,५,७ र ९ अनि सोमवार, बुधवार र शुक्रवार कक्षाहरु २, ४, ६, ८ र १० लाई कक्षा गरिने छ । त्यस्तै धेरै विद्यार्थी संख्या भएका कक्षाको हकमा जोरवार जोर रोल नम्वर र बिजोरवार बिजोर रोल नम्वर भएका विद्यार्थीहरु बोलाएर कक्षा गरिने छ । यसो गर्दा कूल संख्याको आधामात्र विद्यार्थी उपस्थिति हुने हुनाले भौतिक दूरी कायम गर्न सहज बन्ने देखिन्छ ।
२) उल्लेखित बमोजिम कक्षा सञ्चालन गर्दा विद्यालय समय पूरै नगरि सुरुआतमा करिब २ घण्टाबाट प्रारम्भ गरिनेछ । अर्थात बढिमा १.० बजे सम्ममा छुट्टि गरिने छ । यसो गर्दा विद्यार्थीले विद्यालयमा खाजा खाने र हाफ टायम भै खेल्ने समय हुँदैंन । एक अर्कामा भिडभाड गर्ने र खाजा बाँडेर खाने जस्ता कार्यबाट टाढा राख्न सकिने छ ।
३) अभिभावकको चाहनाबमोजिम विद्यार्थीको कक्षा हुनेछ । अभिभावकले विद्यार्थी नपठाउन चाहेमा विद्यालयले अनिवार्य गर्ने छैन । विभिन्न कारणले स्कूलमा उपस्थिति हुन नसकेका विद्यार्थीहरुले बिहान वा बेलुका सम्वन्धित विषय शिक्षक संग फोन म्यासेन्जरबाट सम्पर्क गरि सिकाईलाई निरन्तरता दिन सक्नेछन् ।
४) सञ्चालनको प्रारम्भमा करिब एक साताको कक्षा विश्लेषण गरी अर्को साता क्रमश ः समय बढाईनेछ ।
५) करिब २ साता जोर – विजोर कक्षा सञ्चालन गरेपछि कोभिड – १९ को प्रकोप सामान्य भै विद्यालय सञ्चालन गर्न सहज भएमा सबै कक्षाहरू एकैसाथ सञ्चालन हुने छ ।
६) स्थिति सहज र सामान्य हँुदै गएमा पूरै समय सञ्चालन गर्ने अवस्था भएमा सो अनुसार पूरै
समय अर्थात दश बजेदेखि चारबजे सम्म नै सञ्चालन गरिनेछ ।
७) सिप्mटवाइज कक्षा सञ्चालन प्रक्रियासमेत लागु गरिने छ । बिहानी समयमा संचालित कक्षा ११ र १२ को हकमा समेत विद्यार्थी संख्याको आधारमा एकैपटक वा पालो सिस्टममा कक्षा संचालन गर्न सकिने छ । यि कक्षाहरुको समय घटाएर तिन घण्टा लगातार कक्षा लिई छुट्टि गरिने छ ।

ङ) भौतिक सुविधा तथा विद्यार्थी बसाइ व्यवस्थापन-
१) भौतिक दूरी पहिलो शर्त भएकाले तोकिएको मापदण्ड अनुसार विद्यार्थीहरू कक्षा कोठामा
राखिनेछ ।
२) एक बेञ्चमा बढीमा २ जना मात्र विद्यार्थी बस्नेछन् ।
३) भ्mयालहरू तथा ढोकाहरू खुल्ला गरी स्वच्छ हावा आवागमन सहज गरिनेछ ।
४) पिउने पानी विद्यार्थी स्वयंले घरबाटै ल्याउनुपर्ने छ । यदि विद्यालयकै प्रयोग गर्नुपर्दा
युरोगार्डसहितको स्वच्छ पिउने पानी व्यवस्था गरिएको छ ।
५) कोभीड महामारीको अवस्था सहज नबनेसम्म दिवा खाजा कार्यक्रम स्थगित गरिएको छ ।
अन्तमा,
विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा – २०७७ मा उल्लेख गरिएका कुराहरूको पालना गर्न
गराउन विद्यालयहरु प्रयत्नशील रहेको व्यहोरा समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया
Rameshsir