हेटौँडामा दुईजनाको मृत्यु

पालिका डायरी
५ आश्विन २०७९
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा  / हेटौंडा  उपमहानगरपालिकामा दुईजनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ की २८ वर्षीय चुनिसरा आले तथा हेटौँडा १३ का ४० वर्षीय कृष्ण बहादुर सुनार रहेका छन् ।

आलेको शब आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनारले भने विष सेवन गरेको र उपचारको लागि हेटौँडा अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ।

प्रतिक्रिया