हेटौँडामा ट्रकको चक्काले किच्दा मोटरसाइकलमा सवार महिलाको मृत्यु

पालिका डायरी
१० मंसिर २०८३, २०:१२
मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

हेटौँडा /  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रामा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत कर्रा क्षेत्रमा दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल चालकले आफ्नो घरतर्फ मोड्ने क्रममा अनियन्त्रित भई सडकमा लडेको थियो। सोही क्रममा विपरीत दिशाबाट हेटौँडा बजारतर्फबाट कर्रा जाँदै गरेको ना. ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलको पछाडि सवार हेटौँडा–४ श्रमिक टोल निवासी ६४ वर्षीया लक्ष्मीदेवी पाठकलाई किचेको थियो।

गम्भीर घाइते पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक मृतकका श्रीमान् ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालक हेटौँडा–१३ पदमपोखरी निवासी ४४ वर्षीय मनराज थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया