भीमफेदी सुमो दुर्घटना : चालकले भने– ‘आँखाअगाडि झ्याप्प अन्धकार छायो, त्यसपछि गाडी खस्यो’

पालिका डायरी
३ मंसिर २०८३, ११:४३
भीमफेदी सुमो दुर्घटना : चालकले भने– ‘आँखाअगाडि झ्याप्प अन्धकार छायो, त्यसपछि गाडी खस्यो’

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा भएको सुमो दुर्घटनाबारे चालक कालुमान लोप्चनले दुर्घटनाअघि अचानक आँखाअगाडि अन्धकार छाएको बताएका छन् ।

‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ उपचारका क्रममा उनले बताएका छन् । घाइते लोप्चनको ढाडमा चोट लागेको छ । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको चपुरबाट काठमाडौं जाँदै गरेको ना.१ ज.२१४३ नम्बरको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

अन्य घाइतेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्। घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया