५ दिनमै साढे २३ हजार घटेको सुनको मूल्य आज थप गिरावट, चाँदी पनि सस्तियो

पालिका डायरी
३ मंसिर २०८३, ११:४७
आज सुनचाँदीकै मूल्यमा पहिरो

पाँच दिनमा तोलामा साढे २३ हजार रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ।

सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर २ लाख ५७ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ९ सय थियो।  गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता २६ हजार ७ सय रुपैयाँ घटिसकेको छ।

गत कात्तिक १७ गते सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो भने २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय  र २ गते ६ हजार ३ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेर ३ हजार ३ सय ३५ रुपैयाँमा झरेको छ। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो।

प्रतिक्रिया