भैँसे सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो, ३ जनाको मृत्यु ७ घाइते

पालिका डायरी
३ मंसिर २०८३, ११:१८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आज बिहान चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भैँसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

त्यस्तै, दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन रहेका छन्। उनको ढाडमा चोट लागेको छ।

अन्य घाइतेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।

घाइते सातै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया