काठमाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौंको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेकी हुन्। उनले काठमाडौंको रुपान्तरणका लागि उम्मेदवार बन्न लागेको दाबी गरेकी छन्।
‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित,’ श्रेष्ठले लेखेकी छन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
उनले २०८२ भदौ २९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन्। त्यसयता कुनै पार्टीमा आवद्ध नभएकी उनले काठमाडौंको मेयरको उम्मेदवार बनेकी घोषणा गरेकी हुन्।
प्रतिक्रिया

