भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सामूहिक दाहसंस्कार

पालिका डायरी
२८ कार्तिक २०८३, ०६:५२
मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएका सर्लाहीको सुन्दरपुरका १२ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।

मृतकहरूको शव सर्लाहीस्थित लखन्देही नदी किनारमा सामूहिक रूपमा दाहसंस्कार गरिएको हो। दाहसंस्कारमा सुन्दरपुरसहित आसपासका पाँच गाउँका स्थानीय तथा आफन्तजनको ठूलो उपस्थिति रहेको थियो।

दुर्घटनामा एकै गाउँका १२ जनाले ज्यान गुमाएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। दाहसंस्कारस्थलमा उपस्थित आफन्तजन र स्थानीयको रुवाबासीले वातावरण निकै भावविह्वल बनेको थियो।

परिवारजनले आफ्ना प्रियजनको शव चितामाथि राख्ने क्रममा धेरै आफन्तहरू सम्हालिन नसकी बेहोससमेत भएका थिए। एकैपटक ठूलो संख्यामा आफन्त गुमाउनुपर्दा परिवारजनको पीडा र शोकले दाहसंस्कारस्थलमा उपस्थित सबैलाई स्तब्ध बनाएको थियो।

एकै दुर्घटनामा १२ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँमा शोकमा डुबेको छ ।

प्रतिक्रिया