कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

पालिका डायरी
२७ कार्तिक २०८३, १२:५२

विद्युतीय कारको ठक्करले शुक्रबार बिहान भरतपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार शुक्रबार बिहान ९ बजे भरतपुर महानगरपालिका-१६ फुर्तिचोकमा बा प्र ०१-०३४ च ९२२१ नम्बरको कारले पैदल यात्रुहरूलाई ठक्कर दिएको हो ।

ठक्करका कारण गम्भीर घाइते भरतपुर-१५ की ३० वर्षीय पार्वती भुजेलको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको डीएसपी यादवले जानकारी दिए । अन्य दुईजना घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया