तिहारपछि साढे १२ हजार घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
तिहार बिदापछि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ तोकिएको हो।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तिहारपछि चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको ३ हजार ७ सय रुपैयाँमा झरेको हो।
सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया

