अर्घाखाँचीमा २६ जना बाँदर हेरालु छनोट
अर्घाखाँचीमा डिभिजन वन कार्यालयले २६ जना बाँदर हेरालु छनोट गरेको छ ।
बुधवार तीन दिनको समय दिएर २० जनाको दरखास्त आह्वान गरेको थियो । शुक्रबारसम्म दुई महिलासहित ७० जनाले हेरालुका लागि आवेदन दिएका थिए । बाँदर धपाउन सक्ने, स्थानीय हुनुपर्ने र बाँदर प्रभावित क्षेत्रको हुनुपर्ने लगायत छनोटको प्रक्रिया रहेको थियो ।
‘हामीले २० जना बाँदर हेरालुको माग गरेका थियौं,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले भने, ‘धेरै क्षेत्रफलमा रहेको बारीमा बाँदरले मकै नोक्सान गरिदिएको माग आएपछि संख्या बढाएर २६ जना छनोट गरेका छौं । २६ जना नै पुरुष छन् । आवेदन दिएका दुई जना महिला बजारमा बस्ने भएकाले छनोटमा परेनन् । १८ वर्षदेखि ४५ वर्षका उमेर समूहका छनोट गरिएका २६ जना बाँदर हेरालुले आइतबारदेखि असोज १० गतेसम्म (दुई महिना) हेरालुको काम गर्नेछन् ।
प्रतिक्रिया

