हेटौंडामा एक महिलाको झुण्डिएर मृत्यु
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ शक्तिखोला बाघझोण्डरमा एक महिलाको झुण्डिएर मृत्यु भएको छ ।
शनिबार बिहान करिब ७:३० बजे स्थानीय पार्वती रुम्बा (अन्दाजी ५०/५५ वर्ष) आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षमार्फत जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी नायब निरीक्षक राजेन्द्र कुमालको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा अनुसन्धान टोली पनि खटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया

