कैलाशमा भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुरको कैलाश गाउँपालिका–९, कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
स्थानीयवासी अन्दाजी ४५ वर्षीय ईश्वर थिङ घरबाट करिब ५ यस मिटर उत्तरतर्फ रहेको कुवापानी–मतियार भित्री सडकखण्डमा नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तल भिरमा खसेर रुखको जरामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार (हिजो) अपराह्न करिब ४:३० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नामटारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर हेर्दा थिङको मृत्यु भइसकेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

