अरिङ्गालले टोकेर २२ वर्षीय युवकको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर २२ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका २२ वर्षीय पूर्णसिंह थामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार साउन २ गते घरनजिकै कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा थामीलाई अरिङ्गालले टोकेको थियो। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, प्रभास (पाल्पा) पठाइएको थियो । त्यसपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो ।
आइसियूमा राखेर उपचार गरिएको थियो। दुवै खुट्टा र दायाँ हातमा टोकी घाइते भएका उनको उपचारका क्रममा गत राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया

