रास्वपा निर्वाचन: पदाधिकारीमा १२८९ ले मात्रै गरे मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको मतदानमा जम्मा १ हजार २८९ मत खसेको छ। दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भएको थियो।
पहिलो चरणको मतदानभन्दा झन्डै १ हजार ६७० मत कम खसेको हो। पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा २ हजार ९५९ मत खसेको थियो।
निर्वाचनको समय लामो भएकाले धेरै प्रतिनिधिहरू घर फर्किएकाले दोस्रो चरणमा कम मतदान भएको हो।
मतदानको समय ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोग सदस्य नारायण प्याकुरेलले जानकारी दिए।
अहिले मतगणना जारी छ।
प्रतिक्रिया


