सनसाईन डान्सिङ स्टार सिजन–२ सम्पन्न, जुनियरतर्फ लिजा, सिनियरतर्फ सुप्रिया प्रथम
हेटौंडा / हेटौंडा–३ बसामाडीमा रहेको सनसाईन इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा भएको सनसाईन डान्सिङ स्टार सिजन–२ सम्पन्न भएको छ । शनिबार फाइनल राउन्ड सकिएसँगै सनसाईन डान्सिङ स्टार सिजन–२ सम्पन्न भएको हो । यसअघि विद्यालयमै विभिन्न समयमा प्रतिस्पर्धा गराएर फाइनल राउन्डमा आइपुगेकाहरुबीच प्रतिस्पर्धा भएको थियो ।
सनसाईन डान्सिङ स्टार सिजन–२ जुनियरतर्फ लिजा घले प्रथम भएकी छिन् । यस्तै, प्रनिशा मोक्तान द्धितीय र अविन लामिछाने तीतृय भएका छन् भने क्रितिका घले चौथो भएकी हुन् । उनीहरुलाई नगद सहित टर्फी र सर्टिफिकेट वितरण गरिएको थियो ।
यता, सनसाईन डान्सिङ स्टार सिजन–२ को सिनयर तर्फ सुप्रिया सुनार प्रथम भएकी छिन् भने आरोही राई द्धितीय भइन् । सरगम ओली तृतीय हुँदा निर्भिका कार्की चौथो भइन् । दुवै विधामा प्रथम हुनेलाई नगद ५ हजार रुपैँया सहित ट्रफी र प्रमाण पत्र, द्धितीय हुनेलाई नगद ३ हजार रुपैँया, मेडल र प्रमाण पत्र, तृतीय हुनेलाई नगद २ हजार रुपैँया, मेडल र प्रमाण पत्र तथा सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु डान्सिङ स्टार सिजन–२ को जुनियर तर्फ सहभागी भएका भने र सिनियरतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रधानाध्यापक राजकुमार नहर्कीले जानकारी दिए । गतवर्ष देखि यस विद्यालयले सनसाईन डान्सिङ स्टार सुरु गरेको हो । बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउने तथा पढाईसँगै मनोरञ्जनमा समेत संलग्न गराउने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको नहर्कीको भनाइ छ ।
प्रधानाध्यापक नहर्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्याप्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने भने छमछमी सिजन–४ की बिजेता सन्ध्या आचार्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले सनसाईन विद्यालयले विद्यार्थीहरुको हौसला बढाउन गरेको अतिरिक्त क्रियाकलापको प्रशंसा गरे । सिकाई किताब र कक्षाकोठाबाट मात्रै प्रर्याप्त नहुने बताउँदै उनले यस्ता कार्यक्रमहरुले विद्यार्थीको मनोबल बढाउन सहयोग पुर्याउने बताए ।




