गत साता तोलामा ४८ सय घटेको सुनको मूल्यमा आज थप गिरावट
गएका दुई दिनसम्म लगातार बढेको सुनचाँदीकै मूल्य आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको आइतबार सुनको भाउ तोलामा २७ सय र सोेमबार तोलामा १३ सय रुपैयाँ बढेको थियो । हिजो तोलाको ३ लाख ५ सय पुगेको सुनको भाउ आज घटेको हो ।
यसअघि गएको बुधबार, बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो ।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेर तोलाको ४ हजार ९४५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ४५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया


