बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

पालिका डायरी
१४ बैशाख २०८३, ११:१९
अर्धनग्न अवस्थामा महिलाको शव फेला

सर्लाहीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मकै बारीमा आएको बँदेल धपाउन जाँदा आक्रमणमा परेर ३२ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका- १५ पिडखोल्सी निवासी ३२ वर्षीय दावा भनिने प्रेमबहादुर थिङ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटना विवरणअनुसार आइतबार साँझ लालबन्दी- १५ पिडखोल्सीस्थित घर नजिकैको मकै बारीमा बँदेलले क्षति गरेपछि दावा उक्त बँदेललाई पछ्याउँदै जाँदा आक्रमणमा परेका हुन् ।

मकै बारीबाट पछ्याउँदै जाने क्रममा पिडखोल्सीको जंगलमा बँदेलले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । आफन्तले उनलाई तत्कालै उपचारको लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

प्रतिक्रिया