गगनलाई सभापति भन्न पटक्कै मन लागेको छैन: कृष्ण सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई सभापति भन्न मन नलागेको बताएका छन्।
शुक्रबार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले विशेष महाधिवेशनलाई मान्तयता दिन नसकिने बताए। ‘विशेष महाधिवेशनलाई मान्यता दिन सकिँदैन,’ सिटौलाले भने, ‘गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।’
अवैधानिक ढंगले विशेष महाधिवेशन गरेर थापा सभापति बनेको उनको भनाइ थियो। निर्वाचन आयोगले मान्यता दिएको भए पनि अहिले सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएपछि सच्याउने बाटो खुलेको बताए।
‘मानिसबाट गल्ती हुन्छ। आत्मसाथ गर्नुपर्छ, सत्याउन सक्नुपर्छ। गल्ती सच्याउने अवसर छ। गल्ती सच्याउनुस्,’ सिटौलाले भने, ‘तपाईले आँट गर्ने हो, सर्वोच्च अदालतले खोलेको ढोकामा के गर्नुपर्छ, गर्नुस्।’
प्रतिक्रिया

