भीमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु

पालिका डायरी
२९ चैत्र २०८२, १०:१५
मकवानपुरको माण्डु हाईड्रोपावरमा किशोरीको शव फेला

मकवानपुरकाे भीमफेदीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीटोल बस्ने नरेन्द्र मोक्तानकी श्रीमती करिब ३५ वर्षीया सन्तोषी वाइवाकाे माइती घर भिमफेदी गाउँपालिका–६ सिमलटार पुगेकी थिइन् । शनिबार बिहान करिब ९:०० बजे उनी माइती घरबाट करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकै सिमलटार क्षेत्रमा घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

तर लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा उनी सोही क्षेत्रको भिरबाट करिब ५०–६० मिटर तल खसेको अवस्थामा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

उनीलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर उपचारका क्रममा अस्पताल पुगेको केही समयमै, दिउँसो करिब १२:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया