ओलीले बोलाए एमाले सचिवालय बैठक
file photo
नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो । बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।
गएको निर्वाचनको समीक्षा, समानुपातिक सांसद् छनोटसहितका एजेण्डामा छलफल गर्न ओलीले बैठक बोलाएका स्रोतले जनाएको छ ।
प्रतिक्रिया



