संखुवासभामा एमालेको अग्रता, रास्वपा दोस्रो

पालिका डायरी
२३ फाल्गुन २०८२, १७:१५

कोसीमा शनिबारदेखि मतगणना सुरु भएको संखुवासभामा नेकपा एमालेले अग्रता लिएको छ।

एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले सुरुवाती अग्रता लिँदा रास्वपा दोस्रो स्थानमा छ।

कार्कीले ३७७ मत पाउँदा रास्वपाका मिङमा शेर्पाको ३०८ मत छ। तेस्रो स्थानमा रहेका कांग्रेसका दिपन कुमार श्रेष्ठको ९४ मत छ।

हेलिकप्टरबाट मत पेटिका संकलन गर्न ढिलाई हुँदा यहाँ मतगणना सुरु हुन सकेको थिएन। शनिबार बिहान मतपेटिका ल्याएसँग गणना सुरु भएको हो।

प्रतिक्रिया