नतिजा घोषणा नहुँदै महेश बस्नेतले दिए राजीव खत्रीलाई बधाई

पालिका डायरी
२३ फाल्गुन २०८२, १७:०७

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार महेश बस्नेतले जारी मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीलाई जितको बधाई दिएका छन्।

यद्यपि खत्री बस्नेतलाई फराकिलो मतले हराउँदै सांसद पदमा निर्वाचित हुने निश्चित भइसकेको छ।

‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरी हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु’, बस्नेतले शनिबार फेसबुकमा लेखेका छन्, ‘विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

निर्वाचन आयोगका अनुसार खत्रीले ३४ हजार ७०२ मत ल्याएका छन् भने बस्नेतले ८ हजार ३५१ भोट प्राप्त गरेका छन्।

तेस्रोमा नेपाली कांग्रेसका उम्मेदवार कवीर राणाले ७ हजार ३२१ मत प्राप्त गरेका छन्।  आयोगले यस क्षेत्रको विजयी घोषणा भने गरिसकेको छैन।

प्रतिक्रिया