मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम

पालिका डायरी
२१ मंसिर २०८२, १९:०१
मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय काठमाडौंले हेटौंडामा मानव अधिकार रक्षकहरूका लागि २ दिवसीय मानव अधिकारसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।

तालिममा मानव अधिकार, महिला अधिकार, दलित समुदायको मानव अधिकारको अवस्था, जातीय भेदभाव तथा छुवाछुत् (कसुर र सजाय ऐन), मानव अधिकार रक्षकको अवस्था र चुनौती, बाल अधिकार लगायतका विषयहरू समावेश गरिएको थियो।

तालिममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, अधिवक्ता मनप्रसाद भट्टराई, अधिवक्ता अप्सरा बस्नेत, सिविन बाल–हेल्पलाइनका झबिन्द्र ज्ञवाली, बालअधिकारसम्बन्धी संस्था प्रमुख प्रकाश खतिवडा लगायतले सहजीकरण गरेका थिए।

हेटौंडाको होटल एभोकाडोमा मंसिर २० देखि २१ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा बागमती प्रदेश मातहतका जिल्लाहरूबाट अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया