हेटौंडामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

पालिका डायरी
१२ मंसिर २०८२, १०:५४
accident

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा एक पैदलयात्री बसको ठक्करबाट गम्भीर घाइते भएकी छिन्।

चितवनबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०६–००१ख ०१५२ नम्बरको बसले पैदलयात्री ५२ वर्षीया गीता चौलागाईलाई ठक्कर दिएको बागमती प्रदेश  प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ।

ठक्करबाट चौलागाईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र प्रारम्भिक उपचारका लागि उनीलाई हेटौडास्थित सीएमसी चुरेहिल अस्पताल लगिएको थियो। अवस्था जटिलता हिजो साँझनै उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको र उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ। उनकाे अवस्था गम्भीर रहेको बताइएकाे छ।

घटनामा संलग्न बस तथा बस चालक, चितवन राप्ती नगरपालिका–४ भण्डाराका ३४ वर्षीय धनप्रसाद बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया