जेनजी आन्दोलनका घाइतेलाई सरकारले प्रतिव्यक्ति १५ हजार रुपैयाँ दिने
सरकारले जनेजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई जनही १५ हजार रुपैयाँ तत्काल राहात रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।
यसअघि सरकारले जनेजी आन्दोलनमा मृत्यु भएकाहरुलाई राहात उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया



