मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर –५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटना राति भएको हो ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेको छ ।आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरी प्रमुख बोहोराले जानकारी दिए ।
प्रतिक्रिया


