सम्भाव्यता अध्ययन गरेर मात्रै उद्योग सञ्चालन गर्न मन्त्री तामाङको गाउँपालिका महासंघलाई निर्देशन

पालिका डायरी
२८ श्रावण २०८१, १३:५२

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकु माया तामाङले आवश्यकता हेरेर उद्योग सञ्चालन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशलाई निर्देशन दिएकी छन् । 

सोमबार गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिसँग भएको छलफललाई सम्बोधन गर्दै मन्त्री तामाङले उद्योग सञ्चालन गर्दा सम्भाव्यता अध्ययन गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।
मन्त्री तामाङले आफू उद्योग मन्त्रीमा नियुक्त भइसकेपछि ‘एक पालिका, एक उद्योग’ भन्ने कार्यक्रमलाई अगाडि सारेको बताउँदै प्रदेश भरी उद्योग बढाउने र उद्यमी बनाउने आफ्नो उदेश्य रहेको बताइन्


‘स्थानीयस्तरमा उद्योग सञ्चालन गर्दा भुगोल , आवश्यकता र सम्भाव्यता अध्ययन गरेर मात्रै उद्योग सञ्चालन गर्नुपर्छ । मन्त्री तामाङले भनिन् ,’ ‘ स्थानीय स्रोत साधन पर्याप्त छ छैन , उद्योग सञ्चालन गर्दा युवा र महिलाहरूलाई रोजगारी दिनेगरी उद्योग सञ्चालन गर्नुपर्छ । मन्त्री तामाङले भोटको राजनीति नगरी समाज परिवर्तनका लागि काम गर्न समेत जनप्रतिनिधिलाई सुझाव दिदैँ नीतिगत सुधारका लागि स्थानीय सरकारकासँग समन्वय गरेर जाने प्रतिवद्धता जनाइन्


छलफलमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष कर्ण बहादुर मगरले न्यायोचित ढङ्गले विकास निर्माणका कार्यहरु वितरण गर्न माग गरेका छन् । उनले मन्त्रालयबाट हुने कामहरु अभिभावक बनेर सहयोग गर्दै नीतिगत सुधारका लागि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा महासंघ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष दिछ्यान शेर्पा , सहसचिव मान कुमारी पाख्रिन , कोषाध्यक्ष शंकर राज बराल र सदस्यहरू कृष्ण मान लामा , देविका थामी , सविता अर्याल , राम सिंह तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया