सौर्य एयर दुर्घटनामा बिलाए एकै परिवारका तीन जना

पालिका डायरी
९ श्रावण २०८१, १५:११
सौर्य एयर दुर्घटनामा बिलाए एकै परिवारका तीन जना

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान गएको हो। आफू पोखरा जाने भएपछि शर्माले श्रीमती र छोरालाई पनि सँगै लगेका बुझिएको छ।

पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिवको सचिवालयमा कम्युटर अपरेटरको रुपमा कार्यरत थिइन्।

प्रतिक्रिया