नेवारपानीबाट भारतीय कारमा ८४ किलो गाँजासहित एक जना पक्राउ

पालिका डायरी
२९ फाल्गुन २०८०, १८:३०
नेवारपानीबाट भारतीय कारमा ८४ किलो गाँजासहित एक जना पक्राउ

हेटौंडा / भारतीय कार र लागूऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का १९ वर्षीय साविर अन्सारी रहेका छन् ।  


इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा चेक जाँच गर्ने क्रममा भारतीय वि आर ०१ विएफ ५५८१ नम्बरको भारतीय कारमा ८४ किलो १२० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


पक्राउ परेका अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया