फेरि १ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो आज ?

पालिका डायरी
२७ फाल्गुन २०८०, १२:३५
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य ह्वात्तै उकालो लागेको छ ।  पछिल्लो १० दिनयता लगातार सुनको मूल्य बढेको हो ।  गत १७ गते १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन २७ गते आइपुग्दा १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

आइतबार छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुन १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी पनि बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदी १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया