लागुऔषधसहित चारजना पक्राउ

पालिका डायरी
२१ फाल्गुन २०८०, १२:५७
८ किलो ८ सय ग्राम चरेससहित मकवानपुरबाट ५ जना पक्राउ Ai photo

बारामा प्रहरीले चारजनालाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीनजना जितपुरसिमरा उपमहानगरपालिका र एकजना निजगढ नगरपालिकाका रहेका छन्।

जितपुरसिमराबाट पक्राउ पर्नेमा २० वर्षीय राजेश्वर साह, ३५ वर्षीय अमरुलाहक अन्सारी र ३५ वर्षीय शेख फजिल रहेका छन्। उनीहरूलाई हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको एउटा भारतीय कारबाट १० थान वानरेक्स लागुऔषध बरामद गरेर पक्राउ गरिएको हो।

निजगढबाट पक्राउ पर्नेमा २८ वर्षीय सरोज दोङ रहेका छन्। उनलाई साइकल चढेर डाइजापाम, फेनारगन, नोफिन लगायतका लागुऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया