प्रहरी हुँ भन्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
file photo
प्रहरीले फागुन १७ गते लेकसाईडमा मादक पदार्थ सेवन गरी आफूलाई प्रहरी भएको भन्दै होहल्ला गरिरहेका दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्की जिल्लाको पोखरा महानगरपालिका-६ शान्तिनगर बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका-७ का विवेक ठाकुर रहेका छन्। विवेक ठाकुर हाल पोखराको फुलवारीमा बस्दै आएका थिए।
उनीहरू रेडियो सेट (वाकी-टाकी) देखाउँदै डर त्रास दिँदै हिँडिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज गरेका थिए।
उनीहरूलाई प्रशासन कार्यालय कास्कीले १० दिन थप म्याद दिई अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया


