बालजागृतीलाई बालमैत्री विद्यालय घोषणा गरिदै
हेटौंडा / हेटौंडा उपमहानगरपलिका २ मा रहेको बालजागृती इङ्गलिस सेकेन्डरी स्कुलले बालमैत्री विद्यालय घोषणाका लागि सबै सुचक पूरा गरेको छ ।
शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै सबै सूचक पूरा भएको जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने योजना अनुसार यस विद्यालयले बालमैत्री विद्यालयका २६ वटा सुचक पूरा गरेको बताइएको हो । विद्यालयले आउँदो मंगलबार फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्ने तयारी गरेको विद्यालयका प्रध्यानाध्यापक विनोद सुवेदीले बताए ।
मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यतालिका रहेको सुवेदीले बताए । नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अभिभावक, विद्यार्थी, वडाभित्र रहेका २१ वटा टोलविकास समितिका प्रतिनिधि, अन्य विद्यालयका शिक्षकहरुको सहभागिता रहने उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षता तथा वडा नम्बर २ का कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्नम पत्रकार सम्मेलनमा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो । विद्यालयमा एक हजार ५३४ विद्यार्थी अध्ययनरत रहेको प्रध्यानाध्यापक सुवेदीले बताए ।


