बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पालिका डायरी
१५ फाल्गुन २०८०, १२:५१
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

सिरहामा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दास पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया