ट्यांकरको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

पालिका डायरी
११ फाल्गुन २०८०, १७:३४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

ललितपुरको भैंसेपाटी क्षेत्रमा शुक्रबार भएको सवारी दुर्घटनामा एकजना स्कुटर चालकको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित सडकमा बा ०१-००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा ०२-०२२ प ५५४५ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक २६ वर्षीया अनिशा भुलनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी अनिशाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ।

मृतक अनिशा भैँसेपाटी मगरगाउँकी बासिन्दा रहेकी प्रहरीले जनाएको छ।

प्रतिक्रिया