हेटौंडाकाे हात्तीलेटमा सडक दुर्घटना, बालक गम्भीर घाइते

पालिका डायरी
५ फाल्गुन २०८०, १२:३१
accident palika

हेटौंडा / धरान–चतरा सडक खण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिकाको हात्तीलेटमा दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

हेटौंडाबाट बकैयातर्फ जाँदै गरेको ना ३९ प ३७९४ नम्बरको मोटरसाइकलले सडकमा खेलिरहेको हेटौंडा उपमहानगरपालिका ११ नवलपुर घर भई हाल हात्तीलेटमा बस्ने ८ वर्षीय रोनिक सन्जेललाई ठक्कर दिँदा उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते सन्जेललाई उपचारका लागि सन्चो अस्पताल हेटौंडामा पठाइएको थियो। तर टाउकोमा रगत जमेको कारण थप उपचारका लागि उनलाई शनिबार राति काठमाडौंस्थित बि एण्ड बि अस्पताल रिफर गरिएको छ।

 

प्रतिक्रिया