विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा युवकको मृत्यु

पालिका डायरी
२८ माघ २०८०, १८:१३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

धादिङमा आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेकाे प्रहरीले जनाएको छ ।

अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले श्रेष्ठको पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया