बलात्कार आराेपमा २ जना पक्राउ

पालिका डायरी
२६ माघ २०८०, १७:०६
१६ वर्षीया किशोरी बलात्कृत

काठमाडाैं / भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्लाकाे अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमीलाई प्रहरीले पक्राउ गरेको छ । बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

प्रतिक्रिया